आइक्यानले गर्‍यो गम्भिर गल्ती
Powered by Blogger.
आइक्यानले गर्‍यो गम्भिर गल्ती

प्रश्न छुटेको प्रश्नपत्र प्राप्त गर्ने बिधार्थीले नेपाल सिए स्टुडेन्ट क्लब लाई पठाएको सन्देश
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले २०१३-१२-०५ महिनामा लिएको 'कस्ट एन्ड मेनेज्मेन्ट एकाउटिङ्ग' बिषयको परिक्षामा एक बिधार्थिको प्रश्नपत्रमा गम्भिर गल्ती गरेको खुलासा भएको छ ।
क्याप टु को परिक्षा दिइरहेका एक बिधार्थिको प्रश्नपत्रमा प्रश्न नम्बर ५ र प्रश्न नम्बर ६ नै छुटेको उक्त बिद्यार्थीले बताएका छन । नेपाल सिए स्टुडेन्ट क्लब लाई उद्रित गर्दै उक्त बिधार्थीले आफ्नो प्रश्नपत्रमा उक्त प्रश्नहरु नभएपछी परिक्षापछी आइक्यानका प्रतिनिधिहरु सँग कुरा गरेको र थप २० मिनट आइक्यानले थपिदिये पछी आफुले उक्त प्रश्नपत्र को पुन परिक्षा दिएको बता एका छन । उनले आफु जस्तै अरुलाई पनि एस्तो भएको हुन सक्ने बताउदै प्रश्नपत्रमा प्रश्न नै छुट्नु अस्वभाबिक भएको बताएका छन । साथै उनले २० अंकको प्रश्न पत्र छुट्नु दु:खद कुरा भएको र २० अंक एक सिए बिधार्थीका लागि ठुलो अंक भएको समेत जनाएका छन ।

साथै उनले आइक्यानको गल्ती खुलासा गरेलगतै बिभिन्न खाले प्रतिकृयाहरु आएका छन । केहीले यसलाई आइक्यानको गम्भिर गल्ती भनेका छन भने केहीले भने प्रश्न पत्र हेर्ने दायित्व बिधार्थीकै भएको बताएका छन । यता केहीले भने प्रश्न पत्र छुटाएर एउटा गल्ती गरेको आइक्यानले उक्त बिधार्थीलाई थप समयमा पुन परिक्षा दिन अबसर दिएर अर्को गल्ती गरेको भनाइ राखेका छन । यध्यपी आइक्यानले भने यस बारे कुनै औपचारिक धारणा ब्यक्त गरेको छैन ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...

0 comments

Write Down Your Responses