लेखापरिक्षक पक्राउ गरेकोमा एनकासाको पनि असन्तुस्टी
Powered by Blogger.
लेखापरिक्षक पक्राउ गरेकोमा एनकासाको पनि असन्तुस्टी


नेपाल चार्टड एकाउन्टेन्ट्स बिधार्थी एसोसिएसन (एनकासा)ले पनि एभरेष्ट इन्सुरन्सका लेखा परिक्षक पक्राउ परेकोमा आपत्ति जनाएको छ । प्रेस बिग्यप्ती जारी गर्दै एनकासाले यस्तो असन्तुस्टी ब्यक्त गरेको हो । लेखा ब्यवसायलाई नियमन गर्ने अधिकार आइक्यानको भएको भन्दै लेखापरिक्षण गरेकै आधारमा लेखा परिक्षक पक्राउ पर्नु दु:खद भएको एनकासाले बताएको छ । साथै आइक्यानको क्षत्राधिकार भित्रको कार्यलाई अन्य निकायले प्रयोग गरेको भनी बजारमा भईरहेको बिश्लेषणलाई पनि प्रस्ट पार्न र यदी हस्तक्षप भएको हो भने आफ्नो क्षत्राधिकारलाई समेत सम्रक्षण गर्न एनकासाले आइक्यान समक्ष माग गरेको छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses