नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्या)नले महेश गुरागाइको कार्यकाललाई इतिहास कै दुर्भाग्यपूर्ण कार्यकाल भनेको छ । सिए सरोकारका सम्बाद दातासँग कुराकानी गर्दै एक्यान अध्यक्ष भरत रिजालले यस्तो बताएका हुन । नेपाली लेखा ब्यवसायमा यस्तो कार्यकाल कहिले पनि नभएको बताउने रिजालले महेश गुरागाइको कार्यकाल निक्रिस्ट भएको बताउनु भएको छ । "सिएहरु प्रती पुर्वर्वाग्रही, आरएहरुका गुलाम, प्रशसाको भोको, कसैले कुरा काट्यो वा सचेत गरायो भने ब्यक्तीगत रुपमा तन, मन, धन, लगाएर उक्त ब्यक्तीसँग बादला लिने स्वभावको मान्छे आइक्यान जस्तो गरिमामय संस्थाको अध्यक्ष हुनु सम्पूर्ण लेखा ब्यवसाय कै लागि दुर्भाग्यपूर्ण कुरा हो " उनले भने । भरत रिजाल अगाडी भन्छन."एक ब्यक्ती एक पेसाको आन्दोलनमा अध्यक्ष हुनकै लागि ब्यापक चलखेल गरेका गुरागाइ सेभ आवोर प्रोफेसन अभियान ताका पुछर लुकाएर भागे । हामीले नै नाङै नहिड भनेर उनको फुस्किएको सुरुवाललाई लगाइदिएका हौ ।" आइक्यानको भवन उद्घाटनबारे पनि असन्तुस्टी पोख्दै भरत रिजालले साचैको योगदान दिने ब्यक्तीलाई पतो समेत नदिएर आआफ्नै मान्छेलाई सम्मान गरेको आरोप पनि लगाए । आइक्यानका बिधार्थी, सदश्य तथा अन्य सरोकारवालाहरुलाई महेश गुरागाइको कार्यकालले दिर्घकालिन असर गर्ने समेत भरत रिजाल ले बताएका छन् । हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses