सदश्यता नवीकरण पनि उमेद्वारकै खर्चमा !
Powered by Blogger.
सदश्यता नवीकरण पनि उमेद्वारकै खर्चमा !


के तपाइँले आईक्यानको सदश्यता नवीकरण गर्नु भएको छैन ? छैन भने पनि चिन्ता नगर्नुस्  अहिले भोट पाइने आशामा आईक्यानको सदश्यता नवीकरण गरिदिने उमेद्वारहरु भेटिन थालेका छन्।  आईक्यानको आशन्न चुनाव नजिकिंदै गर्दा चुनाव जित्नका लागि जे पनि गर्न तयार भएका कतिपय उमेद्वारहरुले बजारमा अहिले कतिपय सिएहरुको नवीकरण शुल्क समेत तिरिदिएर चर्चा बटुलिरहेका छन्।  यसरि विभिन्न सिएहरुको नवीकरण शुल्क तिरिदिनेमा केहि बरिष्ट सिएहरु पनि छन्। आफुलाई भोट दिने आश्वासन दिएका सिएहरु वा बिगतको चुनावमा पनि सदश्यता नवीकरण गरिदिएका सिएहरुको नवीकरण शुल्क यो वर्ष पनि केहि सिएहरुका सदश्यता नवीकरण गरीदिएको खबर छ। 
आफ्नो नाम नबताउने सर्तमा एक जना सिएले आफ्नो नवीकरण शुल्क आईक्यानका एक बरिस्ट सिएले तिरिदिएको सिए सरोकारलाई बताएका छन्।  साथै उनले उक्त उमेद्वारले आफ्नो सहित अन्य थुप्रैको गरी झन्डै डेढ लाख रुपैंया सदश्यता नवीकरण नगरेका सियेहरुको सदश्यता नवीकरण गर्नमा लगाएको खुलासा गरेका छन्।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses