नेपाल ट्रष्टमा जानुपर्ने राजपरिवारको लगानीमा सञ्चालित होटल अन्नपूर्णमा किर्ते फाइल र कागजात बनाएर हालीमुहाली जमाउँदै आएका कपिल राणा र उनकी श्रीमती सिर्जना राणाले आम्दानी लुकाएर खर्च बढाएको देखाएर ब्रह्मलुट गर्दै आएको होटलको ‘अडिट रिपोर्ट’ले नै देखाएको छ । प्रभुराम भण्डारी र प्रविण झाले किर्ते ‘अडिट रिपोर्ट’ बनाइदिने गरेका छन् । त्यसलाई केही समयअघि नै पाँच करोड घोटाला गरेको आरोपमा निकालिएका जीतेन्द्र राजभण्डारीले सघाएको समय बित्दै जाँदा खुल्दै गएको छ । होटलका कार्यकारी अध्यक्ष राणा र सञ्चालक राणाले चरम लापरबाही गरी खुलमखुल्ला राजस्व मार्ने काम गरेको, योजनाबद्ध रुपमा पुँजी पलायन गर्ने गरेको र उक्त कार्यलाई समेत वैधानिकता देखाउने गरी ‘अडिट रिपोर्ट’ तयार गरिएको छ । सोही आधारमा होटलको आर्थिक वर्ष २०६९/०७० र २०७०/०७१ को ‘अडिट रिपोर्ट’ नक्कली भएको रहस्य खुलेको हो ।
‘रिपोर्ट’मा होटलको प्रशासनिक खर्च सञ्चालन खर्चभन्दा बढी देखिएको छ । सामान्यरुपमा होटल क्षेत्रमा प्रशासनिक खर्च सधैँ सञ्चालन खर्चभन्दा कम हुने भएता पनि उक्त होटलमा भने सञ्चालन खर्च अत्यधिक देखाइएको छ । ‘अडिट रिपोर्ट’मा राणाद्वयले गरेको अधिक खर्चलाई ‘सन्ड्री क्रेडिटर्स’मा देखाउने काम भएको छ । करोडौँ रुपैयाँ कर्जा अपचलन गरेको, विदेशी मुद्रा अपचलन गरेको, नक्कली कन्सल्ट्यान्ट देखाएर समेत रकम दुरुपयोग गरेको, ‘सेयर होल्डर’लाई नै प्रमुख नियुक्त गरेर लाखौँ रुपैयाँ रकम बाँड्ने काम भएको छ । नियमअनुसार एउटै फर्मले आन्तरिक तथा बाह्य ‘अडिट रिपोर्ट’को काम गर्न नपाउने व्यवस्था रहेको छ । होटलको ‘अडिट रिपोर्ट’ तयार गर्ने काम जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् डिल्लीबजारले गर्ने गरेको छ । तर होटलको बाह्य ‘अडिट’ प्रभुराम भण्डारीले गरेको र आन्तरिक ‘अडिट’ प्रविण झाले गरेका छन् । ती दुवै व्यक्ति फरक भए पनि कम्पनी भने एउटै रहेको छ । होटलले नक्कली कन्सल्ट्यान्ट देखाएर समेत रकम दुरुपयोग गरिएको छ ।
होटलको वार्षिक आम्दानी अर्बौँ रुपैयाँ भए पनि खर्च उच्च देखाएर करोडौँ रुपैयाँ हिनामिना गरेको खुलेको छ । समाचार तयार पार्ने क्रममा प्राप्त होटलसम्बन्धी कागजपत्र समेतको आधारमा होटलका कार्यकारी अध्यक्ष राणा र सञ्चालक राणाको मिलेमतोमा अत्यन्त कम नाफा देखाएर करोडौँ रुपैयाँ हिनामिना भएको देखिएको हो । होटलको वार्षिक वित्तीय विवरण तयार पार्ने काम जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्ट डिल्ली बजारले गर्दै आएको छ । उक्त कम्पनीले तयार गरेको ‘अडिट रिपोर्ट’मा होटलले आर्थिक वर्ष २०७०/०७१ मा प्रशासनिक खर्चबापत ३३ करोड ४२ लाख ४० हजार छ सय २८ रुपैयाँ खर्च गरेको छ । गत आवमा होटलको वार्षिक प्रशासनिक खर्च २९ करोड ९३ लाख ६९ हजार तीन सय ८१ रुपैयाँ देखाएको छ । तर ‘अडिट रिपोर्ट’ २०६९/०७० उल्लेख भएअनुसार गत आवमा होटलले प्रशासनिक क्षेत्रमा जम्मा २९ करोड ७४ लाख तीन हजार सात सय १० रुपैयाँ मात्र खर्च गरेको देखाएको छ । एकै आर्थिक वर्षको ‘अडिट रिपोर्ट’ भए पनि होटलको वार्षिक प्रशासनिक खर्चमा झण्डै १५ लाख रुपैयाँले देखिएको छ ।
‘अडिट रिपोर्ट’ २०७०/०७१ अनुसार होटलले उक्त आवमा तलब र ज्यालामा ११ करोड ४७ लाख १७ हजार पाँच सय ४० रुपैयाँ, कर्मचारी अवकाश खर्चअन्तर्गत एक करोड ९० लाख ५१ हजार एक सय ९२, हिट, लाइट र पावर शीर्षकमा चार करोड १८ लाख ६१ हजार दुई सय ४७, मर्मतसम्भारअन्तर्गत दुई करोड ११ लाख ६९ हजार तीन सय ४१, प्रिन्टिङ र स्टेसनरीमा २२ लाख ४० हजार चार सय ७० रुपैयाँ खर्च गरेको देखाएको छ । यसैगरी ‘अडिट’ शुल्कमा चार लाख, चन्दा र सामाजिक कार्यमा १३ लाख चार हजार नौ सय ५६, क्लिनिङमा ३३ लाख ६९ हजार तीन सय ६१, बीमामा ७७ लाख ४० हजार आठ सय ७५, यातायात र भ्रमणमा तीन करोड सात ८९ हजार दुई सय ४१, लिपगल एण्ड प्रोफेसनलमा दुई करोड ४० लाख चार हजार ५५, कम्युनिकेसनमा ४१ लख सात हजार दुई सय ३०, मेम्बरसिप र लाइसेन्समा २३ लाख ७५ हजार सात सय २८, बिक्रीवितरणमा एक करोड ३३ लाख ९८ हजार चार सय ६४ रुपैयाँ तथा कमिसन र डिस्काउन्टमा ४३ लाख २१ हजार चार सय २८ रुपैयाँ खर्च गरेको देखाएको छ । तर होटलमा हाल विद्यमान कर्मचारी संख्या, पाउने सेवा सुविधा तथा अन्य शीर्षकमा जुन खर्च गरेको देखाइयो तर वास्तवमा त्यो खर्च घुमाउरो रुपमा सञ्चालकद्वय राणाको खल्तीमा गएको छ ।
विवरणअनुसार होटलले २०७१ असार ३२ गतेसम्ममा ६२ करोड ८९ लाख ८५ हजार चार सय ४० रुपैयाँ बिक्री आम्दानी प्राप्त गरेको छ । सो अवधिमा होटलको सञ्चालन खर्च २२ करोड आठ लाख ९६ हजार दुई सय ६० रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च ३३ करोड ४२ लाख ४० हजार छ सय २८ रुपैयाँ रहेको छ । यी सबै खर्च कटौती गर्दा उक्त आवमा होटलले एक करोड १७ लाख ४६ हजार १३ रुपैयाँ मात्र सञ्चालन मुनाफा आर्जन गरेको देखिएको छ । अघिल्लो आवको सोही अवधिमा होटलले एक करोड छ लाख ४७ हजार ८३ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिएको छ । होटलको आव २०७०÷०७१ मा करपछिको खुद मुनाफा भने ३२ लाख १७ हजार आठ सय ७९ रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवमा भने होटलले ३५ लाख ९१ हजार नौ सय ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको देखिएको छ । होटलको कारोबारसँगै आम्दानी बढे पनि मिलेमतोमा खर्च बढी देखाएर निकै कम मात्र आम्दानी देखाएको छ ।
अधिकृत पुँजी २० करोड तथा चुक्ता पुँजी छ करोड ७२ हजार रुपैयाँ रहेको होटलको आफ्नै आम्दानी उच्च भएता पनि नाफा कम रहेको भन्दै तीनवटा बैकसँग ३३ करोड चार लाख ३४ हजार आठ सय २२ रुपैयाँ कर्जा लिएको देखाएको छ । उक्त कर्जामध्येमा कुमारी बैकसँग आवधिक कर्जा शीर्षकमा पाँच करोड ७६ लाख २० हजार रुपैयाँ कर्जा लिएको छ भने लुम्बिनी र मेगा बैकसँग कन्सोडिएममा २७ करोड २८ लाख १४ हजार आठ सय २२ रुपैयाँ कर्जा लिएको छ । अघिल्लो आवमा पनि होटलले कुमारी बैकसँग आवधिक शीर्षकको कर्जाअन्तर्गत छ करोड ६१ लाख २० हजार तथा लुम्बिनी र मेगासँग कन्सोडिएममा २७ करोड ७६ लाख ८० हजार छ सय ७३ रुपैयाँ समेत गरी कुल ३४ करोड ३८ लाख छ सय ७३ रुपैयाँ कर्जा लिएको देखाइएको छ । आर्थिक दैनिक मा खबर छ।

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses