क्याप टु परीक्षालाई लक्षित गर्दै 'ट्याक्स' को एक हफ्ते विशेष कोर्ष पढाई हुँदै
Powered by Blogger.
क्याप टु परीक्षालाई लक्षित गर्दै 'ट्याक्स' को एक हफ्ते विशेष कोर्ष पढाई हुँदै



क्याप टुमा गाह्रो मानिने बिषयहरु मध्येको एक 'इन्कम ट्याक्स एण्ड भ्याट' बिषयको एक हप्ते विशेष कोर्ष संचालन हुने भएको छ। विशेष गरी ट्याक्स बिषयका लागि निकै नै चर्चित सिए मुकुन्द देव अधिकारीले उक्त कोर्ष संचालन गर्ने हुनुभएको छ। १२ वर्ष भन्दा बढी करको अनुभव सँगालेका सिए अधिकारीले वेलायतको चाटर्ड इन्स्टिट्युट अफ टेक्शेसनबाट अन्तरास्ट्रिय करमा समेत बिशेषज्ञता हासिल गर्नुभएको छ। विशेषगरी आउँदो जुन महिनामा क्याप टुको परिक्षाको तयारि गरिरहेका बिधार्थीहरुलाई लक्षित गर्दै एक हप्ते विशेष कोर्षको संचालन गर्न लागेको सिए मुकुन्द देव अधिकारीले सिए सरोकारलाई बताउनुभएको छ। 'कसेप्चुअल फ्रेमवर्क' देखि परिक्षाका लागि आबस्श्यक पर्ने सम्पूर्ण पाठ्यक्रम पूरा गरी विधार्थीलाई परिक्षाका लागि सहज बनाउने उद्देश्यका साथ कोर्षको आयोजना हुन लागेको सिए अधिकारीको भनाइ छ। 
करको नियमित कोचिंग क्लास र यो कोर्षमा के फरक छ भन्ने प्रश्नमा सिए अधिकारीले यो कोर्षको पाठयक्रम एवं कोर्ष मेटरिअल जुनको परीक्षामा सामेल हुने बिधार्थीलाई मात्र लक्षित गरि तयार गरिएको, परीक्षामा राम्रो गर्न आवस्यक 'एप्प्रोच' विकास हुने गरि कक्षा संचालन हुने एवं २०/२२ जना भन्दा बढी बिधार्थी कक्षामा नराखी उनीहरुको समस्यामा केन्द्रित रही व्यक्तिगत 'पर्फर्मेन्समा' सुधार ल्याउन प्रयास गरिने जानकारी गराउनु भयो। बिबिध कोचिंग संस्थामा पढेका बिधार्थीहरुको पढाईमा एकरुपता नदेखिएको एवं कोचिंग क्लास लिए पनि परीक्षा केन्द्रित तयारीमा अभाव देखिएको आफ्नो विगतको अनुभव सुनाउदै सिए अधिकारीले त्यहि कारण यो विशेष कोर्स क्याप टुको विगतका परीक्षामा सामेल भइसकेका बाहेक हाल करको नियमित कोचिंग पढ्दै आउनु भएका आगामी जुनको परीक्षामा सामेल हुने बिधार्थीलाई समेत अत्यन्तै उपयोगी हुने बताउनुभयो। ट्याक्स बिषयको उक्त पढाइ बत्तिसपुतली स्थित नेशनल कलेज अफ एकाउउन्टेन्सी (एनसीए) मा बिहानको दश बजे देखि बेलुकाको चार बजेसम्म दुई हफ्तामा गरी  ६ दिनको हुनेछ। यो कोर्समा सामेल बिधार्थीलाई मे महिनामा एक दिनको रिफ्रेसर कक्षा पनि संचालन गरिने छ। यस बीच बिधार्थीलाई परिक्षामा सोधिने विभिन्न खालका प्रश्नहरुलाई हल गर्ने तरिका देखि ट्याक्स बिषयमा कसरी राम्रो अंक ल्याउन सकिन्छ भन्ने परामर्श समेत दिईने बताइएको छ। यहि अप्रिल ८ तारिख देखि सुरु हुने उक्त कक्षामा भर्ना हुन चाहने बिधार्थीहरुले ०१४४७९४७४/४४७८५११ मा एनसीएमा सम्पर्क गर्न सकिने बताइएको छ। बिधार्थीलाई अध्ययनका क्रममा आबश्यक पर्ने विभिन्न सामाग्रीहरु पनि उपलब्ध गराईने बताइएको छ। ६ दिन फूल टाइम पढाइ, पाठ्यसामाग्री सहितको कुल शुल्क भने ३००० रुपैयाँ रहेको छ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses