नियमन गर्ने कोहि नहुँदा नियम बिपरित चुनावमा खर्च गर्दै उमेद्वारहरु
Powered by Blogger.
नियमन गर्ने कोहि नहुँदा नियम बिपरित चुनावमा खर्च गर्दै उमेद्वारहरु

आईक्यानको निर्वाचन सम्पन्न हुन अब दुई दिन मात्र बाँकी हुँदा उमेद्वार हरु ले विभिन्न भेटघाट तथा खानपिनको कार्यक्रम लाई आबश्यकता भन्दा बढी तिब्रता दिएका छन् । आईक्यानको नियम अनुसार चुनावमा कुल एक लाख रुपैंया खर्च गर्न पाइने ब्यबस्था छ।  तर विभिन्न  उमेद्वारको चुनाव लड्ने खर्च एक लाख देखि ८ लाखसम्म भएको विश्लेषकहरुको भनाइ छ । केहि उमेद्वारहरु आफु जिरो कस्ट मै चुनाव जित्ने दावी गर्छन भने कतिपय उमेद्वारहरु  एक लाखसम्म खर्च हुने बताउँछन्। तर केहि उमेद्वारहरु भने आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आईक्यानको नियम  सबैजसो उमेद्वारले मिच्ने गरेको दावी गर्छन्।

के के मा खर्च हुन्छ ? : चुनावमा विशेषत : भोट माग्दा गरिने प्रचारप्रसारमा  बढी खर्च हुन्छ।  विशेष: त चुनावी माहोल तताउन आयोजना हुने विभिन्न खाले बैठक, पार्टी, भेटघाटमा लाग्ने खर्च आईक्यानको नियम मिचेर हुने गरेको आरोप बिभिन्न सिएहरुलाई लाग्दै आएको छ । यसअघि नै कतिपय उमेद्वारले सिएहरुको नवीकरण शुल्क तिरिदिएर लाखौँको खर्च गरिसकेको अपुस्ट खबर पनि बाहिर आएको थियो।  उमेद्वारको खर्चको निरिक्षण गर्ने भरपर्दो कदम आईक्यानले नउठाउने भएकाले पनि यस्तो नियम बिपरित कार्यहरु हुँदै आएको विश्लेषकहरु बताउंछन्।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses