लेखा परीक्षण नगर्ने सहकारीमाथि कारबाही शुरु
Powered by Blogger.
लेखा परीक्षण नगर्ने सहकारीमाथि कारबाही शुरु


असार १३, कञ्चनपुर। 
डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने सहकारी संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।  लेखा परीक्षणका लागि कार्यालयले गरेको आग्रहलाई बेवास्ता गर्ने कञ्चनपुर र डडेल्धुराका सहकारी संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले बताउनु भयो । कार्यालयका अनुसार दुवै जिल्लामा ८५ सहकारीले वार्षिक लेखापरीक्षण नगरी कारोबार गरिरहेका छन् ।

लेखा परीक्षण नगर्ने, साधारणसभा नगर्ने, मासिक विवरण नबुझाउने कञ्चनपुरका ४३ र डडेल्धुराका ३२ सहकारी संस्थाको छानबिन प्रक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख खातीले जानकारी दिनुभयो । “असार मसान्तसम्म विवरण नबुझाउने सहकारीमाथि सहकारी ऐनअनुसार कारबाही हुन्छ” – उहाँले भन्नुभयो ।

सहकारी ऐन, २०४८ सहकारी नियमावली–२०४९ अनुसार लेखा परीक्षण नगर्ने सहकारीलाई कारबाही गरिने प्रावधान छ । यसैगरी सहकारी दर्ता, अनुगमन तथा नियमन मापदण्ड–२०६८ मा मापदण्ड मिच्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने प्रावधान छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses