
यसो त महासचिवको निर्वाचनभने निकै विवादयुक्त रह्यो । एक भोट सदर गर्ने वा बदर गर्ने भन्ने बारेमा विवाद भएपछि मतगणणा स्थल कहिबेर निकै तनावग्रस्त भएको थियो । केहि समयपछि उक्त मतलाई सादर गरी गोलाप्रथामा जाने सहमति भएपछि गोलाप्रथा गरिएको थियो।
यता एक्यानको कोषाध्यक्ष पदमा दुर्गा प्रसाद ज्ञवाली निर्वाचित भएका छन । कोषाध्यक्षका अर्का दुइ प्रत्यासी हेम काफ्ले र जेएन प्रतिहस्तलाइ पछाडि पार्दै ऊनी कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यता एक्यानको उपाध्यक्षमा पदमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षका अर्का प्रत्यासी अमन उप्रेतीलाई पछाडी पार्दै उनी एक्यानको उपाध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । यस अघि उनले कोषाध्यक्षका रुपमा एक्यानको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २ बर्षे कार्यकालका लागि उपाध्यक्ष निर्वाचित भएका हुन् ।
एक्यानको नयाँ अध्यक्षमा भने हरि कुमार सिलवाल निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी किरण डंगोललाई पछी पार्दै उनी एक्यानको नयाँ अध्यक्ष भएका हुन् । उनले शनिबार मध्यरातमै अध्यक्ष पदका लागि पद तथा गोपनियताको सफत समेत खाइसकेका छन् ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses