फोकलको फेब्रुअरी महिनाको मासिक भेला कार्यक्रम सम्पन्न
Powered by Blogger.
फोकलको फेब्रुअरी महिनाको मासिक भेला कार्यक्रम सम्पन्न


नयाँ दिल्लीको सीए नगरी लक्ष्मीनगरमा रही सीए अध्ययन गरिरहेका साहित्यिक तथा क्रियाशील विद्यार्थीहरुको अनौपचारिक समूह 'फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर' अर्थात् 'फोकल' को यस फेब्रुअरी महिनाको मासिक भेला कार्यक्रम यही महिनाको तेश्रो आइतबार २१ फेब्रुअरी २०१६ मा सफलताका साथ सम्पन्न भएको छ । प्राइम सीएको हलमा सम्पन्न गरिएको उक्त मासिक भेला कार्यक्रममा  साहित्य र कलाका विभिन्न क्षेत्रहरुमा अभिन्न रुची राख्ने सीए विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । मासिक रुपमा महिनाको तेश्रो वा चौथो आइतबार हुँदै आइरहेको यस भेलामा कवि असरफ फयाद विशेष गरिएको थियो । सहभागीहरुले उनका तथा उनि विशेष कविताहरु बाचन गरेका थिए । साथै सहभागीहरुबाट गायन कला, गजल, कविता, बाध्यबाधन, मनोवाद प्रस्तुत भएको थियो ।    

विमर्श खण्ड अन्तर्गत अघिल्लो महिना छनोट गरिएको विषय 'अशरफ फयाद, उनका कविता र मृत्युदण्ड' मा इज्छुक सहभागीहरुले आफ्नोे आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तिम खण्ड पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले आफूसंग भएका कला र साहित्य सम्बन्धि पुस्तक आदान–प्रदान गरेका थिए ।

अन्त्यमा अगामी अप्रिल महिनाको मासिक भेला अप्रिल महिनाको  तेश्रो आइतबार, २० अप्रिल, २०१६ मा प्राइम सिए कै परिसरमा साँझ ६ः०० बजेदेखि हुने निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम विश्व चर्चीत उपन्यास 'टु किल अ मोकिंङ बर्ड' की लेखिका 'नेलले हार्पर ली' विशेष रहने एक सहभागी ले सीए सरकारलाई जानकारी दिएका छन । उनको गत १९ फे्र्बुअरी, २०१६ मा ८९ वर्षको उमेरमा निधर भएको थियो ।  कार्यक्रमको विमर्श खण्ड पनि हार्परी ली विशेष हुनेछ ।




हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...

0 comments

Write Down Your Responses