एक्यानको कोषाध्यक्ष पदमा दुर्गा प्रसाद ज्ञवाली निर्वाचित
Powered by Blogger.
एक्यानको कोषाध्यक्ष पदमा दुर्गा प्रसाद ज्ञवाली निर्वाचित

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को कोषाध्यक्ष पदमा दुर्गा प्रसाद ज्ञवाली निर्वाचित भएका छन।
कोषाध्यक्षका अर्का दुइ प्रत्यासी हेम काफ्ले र जेएन प्रतिहस्तलाइ पछाडि पार्दै ऊनी कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यता एक्यानको उपाध्यक्षमा पदमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षका अर्का प्रत्यासी अमन उप्रेतीलाई पछाडी पार्दै उनी एक्यानको उपाध्यक्ष पदका लागि निर्वाचित भएका हुन् ।  यस अघि उनले कोषाध्यक्षका रुपमा एक्यानको जिम्मेवारी सम्हालिसकेका छन् ।  उनी २ बर्षे कार्यकालका लागि उपाध्यक्ष निर्वाचित भएका हुन् ।  

एक्यानको नयाँ अध्यक्षमा भने हरि कुमार सिलवाल निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी किरण डंगोललाई पछी पार्दै उनी एक्यानको नयाँ अध्यक्ष भएका हुन् । उनले शनिबार मध्यरातमै अध्यक्ष पदका लागि पद तथा गोपनियताको सफत समेत खाइसकेका छन् ।   

यता महासचिव पदमा भने सन्तोष लम्साल गोलाप्रथाबाट चुनिएका छन् । 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...

0 comments

Write Down Your Responses