ACAN NEWS,
NEWSPAPERS
 »
एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ प्रकारणमा सिए सरोकारको सम्पादकिय
 
एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ प्रकारणमा सिए सरोकारको सम्पादकिय
 
 
|  | 
| सुरज प्याकुरेल, प्रधान सम्पादक | 
एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परेको समाचार र एक्यानको प्रेस बिग्यप्ती पढिसकेपछी आम जनमानसले गलत नबुझुन र शही कुरा के हो बुझ्ने इन्कार पनि नगरुन । सि.आइ.बि सँगको अपराध सम्बन्धी अनुसन्धान गर्ने अधिकारको सबैले सम्मान गर्छन् र गर्नु पनि पर्छ । तर लेखा ब्यवसायको हकमा लेखा ब्यवसायलाई बिकास बिस्तार र नियमन गर्ने एक मात्र निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) हुँदा हुँदै पनि सि.आइ.बि ले गरेको कार्य लाई अबस्य पनि सामान्य रुपमा लिन सकिदैन । आइक्यान एन २०५३ ले प्रस्ट रुपमा सिए सम्बन्धी सम्पूर्ण नियमनकारी अधिकार बोक्दा बोक्दै पनि एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ पर्नु दु:खद कुरा हो । तर अब घटना के भएको थियो भन्दा पनि किन भयो र भबिस्यमा के हुनु पर्छ भन्ने कुरा महत्वपूर्ण हो। आइक्यान का बारेमा सि.आइ.बि ले पनि सबिस्तार जानकारी लिन जरुरी छ । र  जानकारी भएर पनि बुझ पचाएको हो भने यो मानेमा उसले आफुलाई सच्यानु पर्छ। "एक ब्यक्ती एक पेसा" र "भानु कंडेल" प्रकरण सम्म आइ पुग्दा आम जनमानसले आइक्यानलाई कमजोर ठानी रहेका बेला आइक्यान को अधिकार माथिको एस्तो हस्तछेप ले आइक्यान प्रती आम जनमानसको विश्वाश घट्न सक्ने कुरा लाई सबैले मध्य नजर गर्नै पर्छ । आइक्यानको अधिकार माथि एस्तो हस्तछेप हुँदा पनि आइक्यान स्वोयम पनि मौन बस्न मिल्दैन । सि.आइ.बि सँग कुटनितिक तबरले आइक्यानले छलफल गर्न जरुरी छ । अन्त्यमा यो कुरा पनि नबिर्सियोस कि घटना जे भये पनि एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक माथि छानबिन भने अबस्य हुनु पर्छ ।कुनै पनि मानेमा यदी उ अपराधी हो भने उसले सजाय पाउनै पर्छ । कुरा यती हो, सबै कुरा को आफ्नै नियम र तरिका हुन्छ  र हुनु पर्छ । आफ्नो अधिकार पुरा गर्दा अरुको अधिकार खोसिने कुरामा सबै निकाय सजग हुन जरुरी छ ।
 हामीलाई फलो गर्नुहोस् : 
प्रतिकृया दिनुहोस्
 
0 comments
Write Down Your Responses