एभरेस्ट इन्सुरेन्सका लेखापरीक्षक पक्राउ
Powered by Blogger.
एभरेस्ट इन्सुरेन्सका लेखापरीक्षक पक्राउ



एभरेस्ट इन्सुरेन्स कम्पनीको अनियमिततामा पूर्वअध्यक्ष राजेन्द्र खेतानको संलग्नता पुष्टि भएको छ । पक्राउ परेका कम्पनीका पूर्वसिइओ केवलकृष्ण श्रेष्ठ र नायब महाप्रबन्धक अनिल ढुंगेलमाथि अनुसन्धानको क्रममा खेतानको संलग्नताको पुष्टि भएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा पूर्वसभासद्समेत रहेका खेतानको संलग्नता पुष्टि भएको हो । आफू फस्ने थाहा पाइसकेका खेतान पूर्वसिइओ श्रेष्ठ पक्राउ परेलगत्तै फरार भइसकेका छन् ।सिआइबीले इन्सुरेन्स कम्पनीको अनियमिततामा साथ दिने दुई लेखापरीक्षकलाई बिहीबार पक्राउ गरेको छ । सन्तोष एन्ड कम्पनीका सञ्चालक तथा लेखापरीक्षक जगदीश अग्रवाल र अग्रवाल एन्ड कम्पनीका सञ्चालक भारतीय नागरिक गोपाल अग्रवाललाई सिआइबीले पक्राउ गरेको हो ।कम्पनीमा भएको अनियमिततामा उनीहरूले साथ दिएकाले पक्राउ गरिएको सिआइबीले जनाएको छ । विभिन्न शीर्षकमा भुक्तानी भएको देखाएर कम्पनीका सिइओ केवलकृष्ण श्रेष्ठले आफैँले दुई करोड ५० लाख ८९ हजार रुपैयाँ लिएका थिए । नक्कली बिलका आधारमा कम्पनीबाट भुक्तान गरिएको अनुसन्धानमा खुलेको छ । त्यसरी अनियमित तरिकाले भुक्तान भएको रकमलाई बेरुजुमा नदेखाई लेखापरीक्षकहरूले अनियमिततामा साथ दिएका थिए । उनीहरूले विगत चार वर्षदेखि सो कम्पनीको लेखापरीक्षण गर्दै आएका थिए ।
 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses