एनाकासाको आयोजनामा रास्ट्रिय सिए विधार्थी कन्फेरेन्स हुँदै
Powered by Blogger.
एनाकासाको आयोजनामा रास्ट्रिय सिए विधार्थी कन्फेरेन्स हुँदै

नेपाली ईतिहास मै पहिलो पटक रास्ट्रिय सिए बिधार्थी कन्फेरेन्सको आयोजना हुने भएको छ। एनकासाले आज एक सुचना जारी गर्दै पहिलो रास्ट्रिय सिए कन्फेरेन्सको आयोजना हुन लागेको बताएको छ।  एनाकासाको सुचना अनुसार "Inclusion  & Exploration " शिर्षकलाई 'थिम' बनाएर कार्यक्रमको आयोजना हुन लागेको हो।  कार्यक्रममा आईक्यान अन्तर्गतका विधार्थीहरुल्ले भाग लिन सक्ने बताइएको छ।  विभिन्न चरणमा आयोजना हुन लागेको कार्यक्रममा पोखरा, बिराटनगर, बिरगंज , नेपालगंज , बुटवल लगायतका ठाउँका आईक्यान अन्तर्गतका विधार्थीहरुलाई काठमाण्डौमा जम्मा गरीने समेत एनाकासाले बताएको छ। 

धेरै समयपछि सांस्कृतिक कार्यक्रम पनि : एनाकासाको आयोजनामा बर्षौं अघि भएको सांस्कृतिक कार्यक्रमपछी एनाकासाले सांस्कृतिक कार्यक्रम आयोजना गर्न नसकेको भन्ने नेपाली सिए बजारको आरोपलाई चिर्दै यसपाली कन्फेरेन्ससंगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने भएको छ।  एनाकासाले जारी गरेको सुचनामा कन्फेरेन्सपछी सांस्कृतिक कार्यक्रम पनि आयोजना गरीने बताइएको छ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses