आईक्यानका सदस्य लण्डनमा 'टप रेटेड' एकाउन्टेन्ट !
Powered by Blogger.
आईक्यानका सदस्य लण्डनमा 'टप रेटेड' एकाउन्टेन्ट !

पत्रिका मा प्रकाशित तप रेटेड  सुचिमा जनक पोखरेल
आक्यानका सदश्य समेत रहनुभएका सिए जनक पोखरेल, लन्डनमा कार्यरत एकाऊन्टेन्टहरु मध्ये 'टप रेटेड' सुचीमा परेका छन्। Vouchedfor.co.uk  ले गरेको सर्वेक्षणमा सिए पोखरेल आफ्ना क्लाईन्टहरुलाई सबै भन्दा सन्तुस्ट बनाउने सिएहरुको सुचीमा अब्बल ठहरिएका हुन्।  विशेषगरी कर्पोरेट क्षेत्रमा कार्यरत एकाऊन्टेन्ट, कानुन ब्यबसायी, र ब्यबस्थापन कन्सल्टेन्टहरुबारे विभिन्न संघसंस्थाको सहभागितामा गराईएको सर्वेक्षणमा सिए पोखरेल 'टप रेटेड' भएका हुन्। 

सिए जनक पोखरेल आफ्नी पत्नीका साथ… तस्बिर: सबिता रुपाखेतीको फेसबुकबाट

 सन् २००१ मा आईसीएआईबाट सिए उतिर्ण गरेका पोखरेलको आईक्यान सदस्यता नम्बर भने १५८ छ।  कृषि बिकाश बैंक र नेपाल बंगलादेश बैंकको ब्यबस्थापकिय तहमा काम गरी ८  वर्ष अघि बेलायत पुग्नुभएका पोखरेलले बेलायतमा एसीसीए कोर्ष समेत गर्नुभएको थियो।  हाल आफ्नै सिए फर्ममा कार्यरत पोखरेललाई लन्डनबाट प्रकाशित हुने The Sunday Telegraph नामक पत्रिकाको गत २९ मार्च २०१५ को अंकले Vouchedfor.co.uk ले गरेको सर्वेक्षणका आधारमा टप रेटेड  भएको भन्दै समाचार छापेको छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses