क्याप थ्रीको चाहिं परिक्षा नै दिनु नपर्ने हो र ?
Powered by Blogger.
क्याप थ्रीको चाहिं परिक्षा नै दिनु नपर्ने हो र ?

आईक्यानको वेब साइटमा मनपरी ढंगले सुचनाहरु अपलोड हुन थालेपछी बिधार्थीहरु निकै नै हैरानीमा परेका छन्।  यसै बीच आईक्यानले जारी गरेको सुचनामा  परिक्षा फर्म डाउनलोड गर्ने ठाउँमा "क्याप वान , क्याप टु एण्ड क्याप टु" लेख्दै क्याप थ्री नै छुटाएपछी बिधार्थीहरु भ्रम मा परेका छन्।  यसै बीच अहिले नेपाली सिए बजारमा ठट्टा चल्न थालेको छ : के अव क्याप थ्रीको चाहिं परिक्षा नै दिनु नपर्ने हो र ? यस अघि पनि आईक्यानको वेब साइटमा विभिन्न खाले गल्तिहरु देखिएका थिए।  कहिले आरएहरुको लिस्टमा सिएहरुको नाम राख्ने, कहिले २०१४ को सिए परिक्षाको नतिजामा २०१५ लेख्ने, कहिले हल परिक्षाको अन्तिम मिति नै गलत लेखिदिने जस्ता थुप्रै त्रुटिहरु आईक्यानको वेव साइटमा यस अघि पनि देखिएका थिए।  तर जति नै त्रुटी देखिए पनि आईक्यानले त्यसलाई सुधार्न भने सकेको छैन।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...

0 comments

Write Down Your Responses