विधार्थीलाई झुक्काउंदै आईक्यानले मनायो 'अप्रिल फुल' !
Powered by Blogger.
विधार्थीलाई झुक्काउंदै आईक्यानले मनायो 'अप्रिल फुल' !

१ अप्रिल, अर्थात अप्रिल फुलको दिन ! अरुलाई झुक्काएर मुर्ख बनाउने दिन ! तपाइँले अरुलाई कतिपय अवस्थामा मुर्ख बनाउनु भयो होला वा अरुले पनि तपाईंलाई मुर्ख बनाए होलान्।  तर देशको निकै नै जिम्मेवार संस्था आर्थात आईक्यानले आफ्ना बिधार्थीहरुलाई झुक्काएको छ।  पाठ्यक्रम परिमार्जन सम्बन्धि सुचनामा परिमार्जित पाठ्यक्रम आईक्यानको वेब साइटमा राख्दै नराखी आईक्यानको वेव साइटमा राखिएको छ भनेर बिधार्थीहरुलाई आईक्यानले नराम्रोसंग झुक्काएको छ। 

"आईक्यानको सुचना पढेर आईक्यानको वेब साइटमा परिमार्जित पाठ्यक्रम हेर्न खोजें।  तर आज त अप्रिल फूल पो हो ! आईक्यानले नमज्जासंग नै झुक्काएछ।"  एक बिधार्थीले सिए सरोकारलाई भने।  यस अघि पनि आईक्यानले आईक्यानको वेव साइटमा राखिएको भन्दै सुचना वा जानकारी नराखेको केहि उदाहरण भएको बिधार्थीहरु  बताउँछन्।  यसपाली पनि आईक्यानको वेब साइटमा नराखी नै राखिएको भन्दै सुचना छापेर आईक्यानले बिधार्थीहरुलाई झुक्काएको छ।  मार्च अन्तिममा ढिलो गरी राखिएको सुचना बिधार्थीहरुले अप्रिल १ मा हेरेपछी अहिले बिधार्थीहरु ठट्टा गर्दै भन्न थालेका छन्, " हुँदाहुदै आई क्यानले पनि अप्रिल फुल मनायो।"


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses