सदश्यता प्रमाण पत्र नै नभएकाहरु भोटर लिस्टमा कसरि परे ?
Powered by Blogger.
सदश्यता प्रमाण पत्र नै नभएकाहरु भोटर लिस्टमा कसरि परे ?

आईक्यानको मतदाता नामावोली (भोटर लिस्ट)मा  आईक्यानबाट सदश्यता प्रमाण पत्र नै नपाएकाहरुको नाम समेत रहेको भेटिएको छ।  भारतीय बोर्डबाट सिए उतीर्ण गरेका तर सदश्यता प्रमाण पत्र नै नपाएका केहि सिएहरुको नाम पनि भोटर लिस्टमा भेटिएको हो। 

कसरि भयो यस्तो ? : आईक्यानबाट सदश्यता प्रमाण पत्र नभएका केहि सिएहरुको नाम भोटर लिस्टमा आईक्यान कै कमजोरीका कारण आएको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शलले सिए सरोकारलाई बताए। सदस्यताका लागि  आबेदन दिएका केहि सिएहरुलाई सदश्यता नम्बर दिएको तर कागजी प्रकृया पूरा नभएकाले आईक्यानको सदश्यता प्रमाण पत्र दिईनसकेको बताउंदै उनले  अन्तिम नामावली तयार गर्दा त्यस्ता नामहरु हटाउनु पर्नेमा हटाउन छुटेका कारण यस्तो भएको बताएका छन् ।  

भोट दिन भने नपाउने : आईक्यानको मतदाता नामावलीमा नाम भए पनि आईक्यानले अनिवार्य रुपमा सदश्यताको पपरिचय पत्र नभएकाहरुले मतदान गर्न नपाउने नियम ल्याएपछी उनीहरुले चुनावमा भोट हाल्न भने नपाउने भएका छन्। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses