मतदान स्थलमा क्यामरा वा मोबाईल प्रतिबन्धित गर्ने कि !
Powered by Blogger.
मतदान स्थलमा क्यामरा वा मोबाईल प्रतिबन्धित गर्ने कि !


विभिन्न उमेद्वारहरुले आफुलाई एक नम्बर भोट हालेर फोटो खिचेर नै ल्याउन दबाद दिएको भन्दै आईक्यानका कतिपय मतदाताहरुले आईक्यानको निर्वाचन स्थलमा क्यामरा वा मोबाईल प्रतिबन्धित गर्नुपर्ने बताएका छन्।  सिए सरोकारसंग कुराकानी गर्दै केहि सिएहरुले निर्वाचनमा मोबाईल प्रतिबन्धित नगर्दा गत निर्वाचनमा पनि केहि उमेद्वारले फोटो खिचेर ल्याउन दवाव दिएपछी केहि मतदाताहरुले यस्तै गरेको बताएका छन्।

यसै बीचफोटो खिचेर ल्याउने दवाब भएपछी कतिपयले आफुले मतदान गर्न चाहेको उमेद्वारलाई बाध्यतामा परी मतदान गर्न नपाएको गुनासो गर्दै मतदान स्थलमा क्यामरा वा मोबाइल प्रतिबन्धित गर्नु पर्ने बताएका छन्।  सिए सरोकारले गत साता आयोजना गरेको निर्वाचन सम्बन्धि  अन्तरक्रियामा पनि मतदान गरी फोटो खिचेर ल्याउन दवाब दिईएको बारे बहस गरिएको थियो। कार्यक्रममा केहि सिएहरुले त्यस्तो नहुने बताएका थिए भने केहि सिएहरुले यस्तो कार्य बिगतमा भएको भन्ने सुन्नमा आएको प्रतिक्रिया दिएका थिए।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses