
विशेषगरी विदेशी सिएहरुलाई एक बर्षको अनिवार्य तालिमको ब्यबस्थालाई खारेज गर्ने वा परिमार्जन गर्नेबारे नेपाली सिए बजारमा विभिन्न खालका प्रतिक्रिया आईरहेका बेला सिए सुरेश देवकोटाले ' एक व्यक्ति एक पेसा' र विदेशी सिएहरुलाई अनिवार्य एक बर्षको तालिमको ब्यबस्थामाथि दायाँबायाँ गर्न खोजिए आफु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । सिए सरोकारसंग कुराकानी गर्दै उनले एक व्यक्ति एक पेसाको पूर्ण कार्वनयन आफ्नो मुख्य एजेन्डा भएकाले त्यसलाई कुनै पनि हालतमा पूरा गर्ने उनको भनाइ छ।
एक व्यक्ति एक पेसा २०८० साल सम्म सर्ने हल्ला छ नि ? भन्ने सिए सरोकारको प्रश्नको उत्तर दिंदै उनले हल्ला आफुले पनि सुनेको भए पनि कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताएका छन्। एक व्यक्ति एक पेसाको नीतिलाई कुनै बाहानामा लम्ब्याउन खोजे आफु त्यसको प्रतिकारमा उत्रने समेत उनको भनाइ छ।
यस्तै विदेशी सिएलाई एक बर्षको अनिवार्य तालिम सम्बन्धि निर्णय कुनै पनि हालतमा नउल्टिने दावी गर्दै उनले उक्त निर्णयमाथि पनि दायाँबायाँ गर्न खोजिए आफु खुलेरै प्रतिकारमा उत्रने उनको भनाइ थियो। यदि त्यस्तो भईहाल्यो भने के गर्नुहुन्छ भन्ने सिए सरोकारको प्रश्नमा उनले भने," कुनै पनि हालतमा त्यसो हुन दिन्न। एक व्यक्ति एक पेसा र वक बर्षको अनिवार्य तालिम सम्बन्धि निर्णयलाई अलिकति मात्र पनि दायाँबायाँ गर्न खोजियो भने 'म त जस्तोसुकै कदम चाल्न पनि पछी हट्दिन' उनले भने।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses