आशन्न आईक्यानको चुनाव नजिकिंदै गर्दा नेपाली सिए बजारको माहोल तातिदै गएको छ। उमेद्वारहरु भोट संकलन गर्ने रफ्तारलाई अझ शसक्त बनाईरहेका छन् भने उमेद्वारहरुका समर्थकको चटारो पनि कम छैन। यस्तै क्रममा केहि सिएहरुको भोट काटिने र साटीने क्रम पनि बढ्दै गएको छ।
नेपाल बोर्डका दुवै सिएहरुले जित्नै पर्ने भन्दै थुप्रै सिएहरुले मेहेनत गरिरहेको खबर छ भने केहि गुटहरु भने नेपाल बोर्डको प्रतिनिधित्व सुन्य हुनुपर्ने भन्दै विभिन्न षडयन्त्र गरिरहेको खबर बाहिर आएको छ। यसै क्रममा विभिन्न सिएहरुका भोट काटिने र साटिने क्रम पनि बढेको छ।
यस अघि आफ्ना नजिकका उमेद्वारलाइ भोट हाल्न तयार भएका एक सिए नेपाल बोर्डका उमेद्वारलाइ भोट हाल्ने मनस्थितिमा पुगेको बताएका छन्। उता भवनाथ दाहाल लाइ गाह्रो नहोस भनेर आफ्नै प्रिन्सिपललाइ समेत भोट नदिने मनस्थिति मा पुगेको समेत एक सिएले सिए सरोकार लाइ बताएका छन् । यस्तै माहोल बन्दै गएको खण्डमा चुनावी परिणाम बारे केहि भन्न नसकिने सिएहरु बताउँछन् ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses