कुन उमेद्वारको कस्तो छ सम्भावना ?
Powered by Blogger.
कुन उमेद्वारको कस्तो छ सम्भावना ?


भोट काटिने र साटीने क्रम बढेपछी बजारमा कसको सम्भावना  कस्तो छ भन्ने विश्लेषण गर्न थालिएको छ। चुनाव नजिकिंदै गर्दा विभिन्न उमेद्वारले आफ्ना भोट गन्दै 'कन्फर्म' गर्ने थालेका छन् भने बटमलाइनमा हुने उमेद्वारहरु अझ जोडका साथ रस्स्साकस्सिमा लागेका छन्।

प्रकाश लम्शाल र  भरत रिजाल एक नम्बरको रस्साकस्सीमा छन्। भरत रिजालको कमजोर पोस्टल भोट र प्रकाश लम्शालको भोट खोसिने क्रम बढेपछी कसले एक नम्बरलाइ बाजी गर्ला यसै भन्न सकिने अवस्था छैन।  यद्यपी एक र दुइ नम्बरमा भने यी उमेद्वार आउने विश्लेषण गरिएको छ। 

तेश्रो नम्बरमा प्रकाश जंग थापाको स्थिति बलियो छ।  निकै नै बलियो पोस्टल भोटरको संख्याले पनि उनको सम्भावनालाई  बलियो बनाएको हो। 'सिनियर भोटर' को संख्या पनि उल्लेखनीय भएकाले पनि प्रकाश थापाको स्थिति बलियो रहेको विश्लेषण गर्न थालिएको छ। 

चौथो नम्बरमा भास्कर लालाको सम्भावाना छ।  बजारमा राम्रो संख्यामा भोटर भएका सिएको रुपमा चिनिने लालाका अधिकांस भोटहरु कन्फर्म भोट छन्।  अरु उमेद्वारको जस्तो काटिने वा साटिने भोटरहरुको संख्या लगभग सुन्यमा रहेकाले पनि उनको चौथो नम्बर बलियो भएको हो। 

पाँचौ र छैटौं नम्बरमा महेश खनाल वा जगन्नाथ उपाध्यायको सम्भावना बलियो छ।  भवनाथ दाहालको स्थिति पनि बलियो रहेपनि पछिल्लो समय नेपाल बोर्डका सिएहरुलाई हराउने खेल भईरहेका हल्लाहरु सार्वजनिक रुपमै चर्चामा आएपछी भवनाथ दाहालको पाँचौं वा छैटौं नम्बरको सम्भावनालाइ यसै भन्न सकिन्न।  यद्यपी नेपाल वोर्ड बिरुद्ध जति नै लविंङ गरेपनि भवनाथ दाहालले चुनाव जित्छन् भन्ने विश्लेषण भने गरिएको छ। 

सातौँ नम्बरमा सुनील जाकिबंजा, राम प्रबोध साह वा महेश गोदारको सम्भावनाको विस्लेषण गरिएको छ। सुनील जाकिबंजासंग राम्रो संख्यामा 'कन्फर्म भोटर हुनुले पनि उनको सम्भावना बढेको हो भने राम प्रवोध साह, र महेश गोदारलाई पनि सम्भावनाकै सुचिमा हेरिएको छ। महेश गोदार ले चुनाव जित्दैनन् भन्ने विश्लेषण बजार को एक समुहले गरिरहेका बेला उनलाई केहि अन्य बलिया उमेद्वारको साथ् रहेकाले पनि उनले चुनाव जित्ने सम्भावनालाई  नकार्न सकिन्न। 

आठौँ,नवौं र दशौँ  नम्बर भने त्यसै भन्न नसकिने विश्लेषण छ।  सातौँ नम्बरमा सम्भावना भएकाहरु आठौँ नम्बरमा झर्ने सम्भावना त छदैं छ, पियुष आनन्द, सुरेश देवकोटा, नील सारु र कृष्ण भट्टराई दशौँ मध्ये अगाडी को आउँछ भन्ने यसै भन्न सकिन्न। वाल चन्द्र श्रेष्ठ र रबिन श्रेष्ठको भोट पनि यसै भन्न नसकिने अवस्था छ।  चुनावमा केहि चनाखो भएर लागेको स्थितिमा उनीहरुको सम्भावनालाई  पनि नकार्न सकिन्न ।  

प्रमोद स्वोर्णकार, अनल भट्टराई लगायतकाले बाँकी रहेको यो समयमा केहि बढी मेहेनत गर्नु पर्ने देखिएको छ। तर चुनाव हो, केहि भन्न सकिन्न।  आफ्ना भोटहरुलाइ यथावत राख्दै प्रचार प्रसारमा लागेको खण्डमा चुनावी परिणाम जे पनि हुन सक्छ।  
 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses