
आइक्यानले एउटा दर्ता नम्बरलाई 'कट-अफ' लिएर त्योभन्दा पछाडी दर्ता भएका बिद्ध्यार्थीहरुलाई मात्र १०० घण्टे सूचना प्रबिधि तालिमको प्राबधान अनिवार्य गरायो । पछी सोहि तालिमलाई पनि पाठ्यक्रम परिबर्तन गरी ६० र ४० घण्टा गरी १०० घण्टा तालिम लिनुपर्ने प्राबधान सहितको सूचना निकाल्यो।
आजको दिनमा हेर्दा ६० घण्टा तालिम लिएर ४० घण्टा तालिमको प्रतिक्ष्यारत विद्यार्थीहरु करिब ५० जना भन्दा बढी छन्। जसमध्येका केहि विद्यार्थीहरु क्याप थ्रीको परिक्षा उतिर्ण गरी जीएमसीएस तालिम पनि ग्रहण गरी कहिले 'सर्टिफिकेट' आउला भनेर बस्ने छन् भने कति विद्यार्थीहरु अब आउदो जुन महिनामा परीक्षाको तयारी कसरी गर्ने भनेर बस्नेहरु छन् । सबैभन्दा ठुलो पिरलो त आउदो जुनमा परिक्षा दिनेहरुलाई अब आइक्यानले अनिवार्य गरिसकेको ४० घन्टे तालिम नलिएकै कारणले आइक्यानले लिने अन्तिम तहको परिक्षामा समेत सहभागी हुन नपाइने हो कि भन्ने लागेको छ।
अर्कोतिर ४० घन्टे तालिम नलिएकै कारणले सदस्यता नपाएको र आइक्यानलाइ बारम्बार ताकेता गर्दा समेत ४० घन्टे तालिम कहिले र कहाँ गर्ने भनेर सूचना निकाल्न नसकेकोले ६ महिना अगाडीनै क्याप थ्री उतिर्ण गरेको विद्यार्थीको सर्टिफिकेट, अब ६ महिना पछाडी क्याप थ्री उतिर्ण गर्नेहरुकोभन्दा पनि ढिला आउने हो कि भन्ने आसंका उब्जिएको छ ।
अव आइक्यानले यस बिषयमा किन निर्णय लिंदैन भन्ने कुरा अहिलेको बहस हुन थालेको छ। कतिले यसलाई कमजोर नेतृत्वका कारण संस्थामा आएको संकट भनेका छन् भने कतिले यसलाई 'नियोजित' भएको समेत आरोप लगाउंदै आएका छन् ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses